• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

आज राति वर्षाको सम्भावना, चिसो अझ बढ्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ : अहिले नेपालमा परेको पश्चिमी वायुको आंशिक प्रभावले देशभरि नै मौसम आंशिकदेखि सामान्य बदली भएको छ।

मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमवार) राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। मंगलवार पनि आंशिक बदलीको सम्भावना रहेको छ।

पहाडी १/२ स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ। देशका अधिकांश भूभागमा बादल लाग्ने भएकाले चिसो अझ बढ्ने महाशाखाले जनाएको छ। अहिले तराईमा हुस्सु तथा कुहिरो लागेकाले चिसो बढेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖