• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

एक महिना पढेर ५ ठाउँबाट नाम निकालेकी गुल्मीकी मनिषा


  • धनकुटा खबर
  • .

गुल्मी । सरकारी कर्मचारीहरुको नाममात्रै सोधे पुग्छ, घर शायद सोध्नु पर्दैन, सबैभन्दा पहिला गुल्मी कहाँ हो नि भने पुग्छ ।

सरकारी सेवा प्रवेशका लागि लोकसेवा आयोगले लिने परिक्षामा सबैभन्दा बढी उम्मेदवार पास हुने भनेको गुल्मीकै हो । त्यसैले अधिकांशको घर गुल्मी कहाँ हो नि भनेर सोधे पुग्छ ।

सरकारी क्षेत्रका हरेक विज्ञापनहरुमा गुल्मीका उम्मेदवार उत्तीर्ण नभएको नतिजा नै हुँदैन । त्यसै मेसोमा धुर्कोटकी मनिषा (बोलाइने नाम) पनि थपिएकी छिन्, त्यही पनि एउटै वर्षमा ५ स्थानबाट नाम निकालेर । मनिषाको वास्तविक नाम विष्णु घर्ती हो । उनी अध्ययनमा जति अब्बल छिनु रुपमा पनि राम्री छिन् । सानैदेखि रोगी र बिरामीहरुको सेवा गर्न रुचाउने ब्यूटिफुल मनिषाले स्कुल तहको अध्ययनपछि नर्सिङलाई नै रोजिन् ।

नर्सिङ पास गरेपछि केही समय करारमा जागिर खाएकी मनिषाले यसवर्ष भने स्थायी नै जागिर खाने मेसो गरिन् । गाउँकै स्वास्थ्य संस्थामा करारमा जागिर खाएकी मनिषालाई स्थायी नै जागिर खान मन लाग्यो ।

गुल्मी जिल्लाकै भएकोले होला सायद, नर्सिङ पढेर विदेश जाने लहर चलिरहेका बेला मनिषामा भने सरकारी जागिरको रस थियो, त्यो पूरा गर्न यसवर्ष खुलेका विज्ञापन दरखास्त दिएकी मनिषाले एउटै वर्ष ५ ठाउँबाट नाम निकालेर आफ्नो अब्बलतालाई पुष्टी गरिन् ।

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत् स्वास्थ्य सेवातर्फ पाँचौं तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौं तह उत्तीर्ण गरेकी हुन्।

लोकसेवाको अध्ययनलाई रमाइलोसँग पढ्नुपर्छ भन्ने मान्यता राख्ने मनिषाले आफू सामाजिक सञ्जालबाट टाढा नबसेरै पढेको बताइन् । एक महिनासम्म पुस्तक र सामाजिक सञ्जालबाहेक कसैसँग सँगै नरहेकी मनिषाले भनिन, ‘मेरो यो नतिजा एक महिनाको मात्र पढाईको फल हो, १० महिना त परीक्षाको फम खोलेर लिखित परीक्षा हुन लागेको समय र परीक्षाको नतिजा प्रकाशन हुन लागेको समय हो। मैले पढेको मात्र एक महिना हो। एक महिनाको समयमा म सङ्ग पुस्तक बाहेक आफन्त साथिभाई, परिवार कोहि थिएनन तर सामाजिक संजाल म सङ्ग २४ घन्टै हुन्थ्यो।’

लोकसेवा कसरी पढ्ने भनेर सोध्नेहरुका लागि उनी भन्छिन्, ‘लोकसेवा कसरी पढ्नेरु कति चोटि परीक्षा दिएँ, नाम नै आउदैन। मेरो त भाग्यनै छैन भनेर भाग्यलाई धिक्कार्नु हुन्छ। म भन्छु लोकसेवा रमाइलो गरी पढ्नुहोस, नाचेर पढ्नुहोस, घुमेर पढ्नुहोस, खाएर पढ्नुहोस तर तपाइँको लगाव र मिहिनेतलाई नछोड्नुहोस। यदि तपाईं म गर्छु भन्ने सोच्नुहुन्छ भने त्यो पूरा हुन धेरै समय लाग्दैन।’

उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन्। उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन्। उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययनरत छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖