• Monday 5th of October 2026

के तनावले कपाल झर्छ ?


  • धनकुटा खबर
  • .

आजको व्यस्त जीवनमा तनाव एक सामान्य अवस्था भएको छ। कार्यालयको काम होस्, घरायसी जिम्मेवारी होस् वा व्यक्तिगत सबैको जीवनमा तनाव हुन्छ ।

तर बिडम्बनाकाे कुरा, यस तनावको पहिलो र छिटो प्रभाव हाम्रो कपाल र छालामा पर्छ। जब हामी तनावमा हुन्छौं, हाम्रो शरीरमा कोर्टिसोल नामक हर्मोन उत्पादन हुन्छ, जसले हाम्रो छाला र कपालको स्वास्थ्यलाई असर गर्छ। यस कारणले कपाल सेतो मात्र होइन कपाल झर्ने समस्या पनि निकै बढ्छ ।

कपाल झर्नु एक सामान्य समस्या हो तर, लगातार धेरै कपाल झर्नु गम्भीर विषय हाे । यसका धेरै कारण हुन सक्छन्, जस्तै आहारमा कमी, हार्मोनल असन्तुलन, भिटामिनको कमी, तनाव आदि। तर, यीमध्ये तनाव एक धेरै ठूलो कारण हो।

जान्नुहोस् कपाल झर्नुको कारण
तनाव र कपाल झर्नेबीचको सम्बन्ध निकै गहिराे हो, जसलाई हामी बेवास्ता गर्न सक्दैनौं । तनाव कपाल झर्ने विभिन्न अवस्थाहरूसँग जोडिएको छ।

चिकित्सा अनुसन्धानका अनुसार तनावले कपाललाई तीन प्रकारको क्षति पुर्‍याउँछ- टेलोजेन इफ्लुभियम, ट्राइकोटिलोमेनिया र एलोपेसिया एरियाटा।

टेलोजन उत्सर्जन
टेलोजन उत्सर्जन एक अवस्था हो, जसमा तनावका कारण अचानक कपाल झर्ने गर्छ। यस अवस्थामा कपालको वृद्धि चक्र प्रभावित हुन्छ र कपाल झर्ने गर्दछ । यस्तो अवस्थामा कपालको फोलिकल्स धेरै सक्रिय हुन्छन्।

कपालको छिद्र भनेको कपाल निस्कने ठाउँ हो। तिनीहरूको अत्यधिक सक्रियताको कारण, कपाल ठूला प्याचहरूमा झर्न थाल्छ, विशेषगरी टाउकोको बीचको भागबाट। यो अस्थायी समस्या हो। तनाव समाप्त भएपछि, कपाल सामान्यतयाः १० महिनाभित्र फेरि बढेकाे भने पाइन्छ ।

ट्राइकोटिलोमेनिया
ट्राइकोटिलोमेनिया एक समस्या हो, जसलाई कपाल खिच्ने विकार पनि भनिन्छ। यस्तो अवस्थामा व्यक्तिमा आफ्नो कपाल बारम्बार तान्न अनियन्त्रित इच्छा हुन थाल्छ । जब व्यक्तिमा तनावको स्तर धेरै हुन्छ तब कपाल तान्न उसको लागि एक प्रकारको सामना गर्ने संयन्त्र बन्न जान्छ ।

कपाल तान्दा मानिसलाई केही समय आराम मिल्छ । तर लगातार कपाल तानेका कारण कपालको जरा कमजोर हुन्छ र कपाल झर्न थाल्छ । यो एक गम्भीर समस्या हो जसको लागि मनोचिकित्सा उपचार आवश्यक छ।

एलोपेसिया एरियाटा
एलोपेसिया एरियाटा एक समस्या हो, जसमा कपाल भएको ठाउँमा सानो गोलो दाग बन्न थाल्छ र ती ठाउँबाट कपाल झर्न थाल्छ। यसलाई कपाल सम्बन्धित अटोइम्यून डिसअर्डर पनि भनिन्छ।

यसमा शरीरको आफ्नै प्रतिरक्षा प्रणालीले कपालको जरा र कपालको फोलिकल्समा आक्रमण गर्छ। यस समस्याको धेरै कारण हुन सक्छन् जसमा तनाव पनि समावेश छ। बढ्दो तनावले एलोपेसिया एरियाटालाई बिग्रन सक्छ र कपाल झर्ने गति बढाउन सक्छ। तसर्थ, तनावबाट बच्न महत्त्वपूर्ण छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖