• Friday 9th of October 2026

प्रधानमन्त्री कप क्रिकेटमा मधेसले कर्णालीलाई हरायो


  • धनकुटा खबर
  • .

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले हराएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मधेसले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४१ ओभर एक बलमा १ सय ७० रनमा अलआउट भयो ।

कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ५८ रन बनाए । मधेसका राजेश यादवले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मधेसका लागि हरिशंकर साह र मयन यादवले समान ५०/५० रन बनाए ।

कर्णालीका दिपेन्द्र रावतले चार र अनुज चुनाराले दुई विकेट लिए । जितसँगै मधेस पाँच खेलमा ६ अंकसहित तेस्रो स्थानमा पुगेको छ ।

कर्णाली चार खेलमा ४ अङ्कसहित तालिकाको सातौँ स्थानमा झरेको छ । प्रतियोगितामा १० वटा टोली सहभागी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖