दोहोरी गाउन र फर्काउन खप्पीस यी हुन् स्याङ्जाकी झुमा अर्याल जो अहिले काठमाडौँमा आएकी छिन आफ्नो समुधर आवाज र दोहोरिको कला देखाउन गायक गायिकामा ‘लाइभ दोहोरी’ गाएर युट्युबमा सार्वजनिक गर्ने क्रम बढ्दो छ ।
यस्ता नयाँ–नयाँ दोहोरी दिनहुँजस्तो युट्युबमा भेटिन्छन् । यस्ता गीत हेर्ने दर्शक पनि उल्लेख्य हुने गरेका छन् । तर, यस्ता अधिकांश लाइभ दोहोरी द्विअर्थी र छाडा हुने भएकाले परिवारबीचमा बसेर सुन्नसमेत नसकिने खालका छन् ।
दोहोरी गीतमा एकातिर पुरुष र अर्कातिर महिला बसेर आआफ्नातर्फको गीत गाउँने चलन छ।
यसमा सवाल जवाफका रूपमा पनि गीत गाइन्छ। हारजित नभएका खण्डमा कुनै कुनै दोहोरीमा सातदिन सातरातसम्म पनि कार्यक्रम लम्बिने गरेको पाइन्छ।दोहोरी नेपालीहरूले परम्परागत रुपमा विभिन्न समय, पर्व आदिमा गाएर आएको पाइन्छ। परम्परागतरुमा गाउँहरूमा निक्कै प्रचलित दोहोरी गीतहरू अहिले हरेक ठाउँ र हरेक पुस्ताले सुन्ने गर्दछन्।
