• Monday 5th of October 2026

यस्ता छन् दुधकाे चिया पिउनुकाे बेफाइदा!


  • धनकुटा खबर
  • .

हामीले आफ्नाे दिनकाे सुरूवात चियाकाे चुस्कीले गर्छाै। बिहान ताताे चिया पिएपछि शरीर फूर्तिलाे हुने जनविश्वास छ। तर हामी याे बुझ्दैनाैँ कि चिनी र चियापती हालेकाे दुधकाे चिया पिउनु कत्ति हानिकारक छ।

हामीकहाँ थरीथरीको चिया उत्पादन हुन्छन् भने, धेरैजसो विदेशबाट निर्यात हुन्छन् बाँकी रहेको स्वदेशमै खपत हुदैँ आएको छ। स्वदेशमा खपत हुने चिया तुलनात्मक रुपमा सस्तो र कमसल हुन्छ। जसले शरीरलाई नराम्राेसँग असर गर्छ। तर यदी कालो चिया पिउने हाे भने यसले स्वास्थ्यलाई फाइदाजनक हुन्छ।

बिहान खाली पेटमा वा एक दिनमा धेरै कप दुध चिया पिउनु उचित हुँदैन। दूध चियाको सेवनले छालामा विभिन्न प्रकारको समस्या हुने गर्दछ। यसका साथै अनुहारमा डण्डिफोर पनि आउने गर्छ।

खालि पेटमा दुधकाे चिया पिउँदा हुने असरहरू–
मानसिक रोग
सुन्दा विश्वास नलाग्न सक्छ तर, कतिपय अवस्थामा दुध चिया सेवनले गर्दा मानसिक रोगको कारक बन्छ। धेरै चिया पिउनाले एन्जाइटी तनाव र निन्द्राको कमी जस्ता समस्याहरु पैदा हुन्छ।

पेट फुल्ने
चियामा धेरै मात्रा क्याफिन हुन्छ। दूध र क्याफिनको एकसाथ सेवनले पेटमा ग्यास बनाउँछ। खासगरी खाली पेटमा वा एक दिनमा धेरै कप दुध चिया पिउदा पेट फुल्ने समस्या हुन्छ।

निन्द्रा नलाग्नु
चियामा क्याफिनको मात्रा पाइन्छ। यस्तोमा दैनिक २ कप भन्दा बढि मात्रामा चियाको सेवन गरेमा अनिन्द्रालगायत निन्द्रा सम्बन्धिको समस्या हुने गर्दछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖