• Tuesday 6th of October 2026

बिहारका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिए


  • धनकुटा खबर
  • .

काठमाडौं । बिहारमा तीव्र गतिमा परिवर्तन भइरहेको राजनीतिक घटनाक्रमका बीच मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् ।

नितिश आइतबार बिहान ११ बजे राजभवन पुगेका थिए जहाँ उनले राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर राजीनामा बुझाएका थिए। यससँगै उनले गठबन्धनबाट अलग भएको पनि घोषणा गरेका छन् ।

त्यसपछि उनले सञ्चारमाध्यमसँग भने, “मैले राजीनामा दिएको छु र अब सरकार सकियो, जनता र पार्टीको राय सुनेर यो निर्णय लियौँ।”

अब के गर्ने भन्ने प्रश्नमा उनले भने, “हामी पहिलेको गठबन्धनबाट अलग भएर नयाँ गठबन्धनमा आएका हौँ, अरु दलले साथ दिने हो कि भनेर सोच्नेछौँ । केही भयो भने थाहा हुन्छ ।”

गत हप्तादेखि, नितिश कुमारले आरजेडीसँगको गठबन्धन तोडेर फेरि भाजपासँग गठबन्धन गर्न सक्ने अनुमान गरिएको थियो।

अन्तिम घडीसम्म नितिशले यसबारे आधिकारिक रूपमा केही भनेनन्, तर बिहारको राजनीतिमा उनको ट्र्याक रेकर्ड यस्तो छ कि हरेक अनुमानलाई सहि र सम्भाव्य मान्न सकिन्छ र त्यो भयो पनि ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖