• Tuesday 6th of October 2026

पटाखा कारखानामा विष्फोट कम्तीमा सातको मृत्यु, ५८ घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतको मध्यप्रदेशको हरदा जिल्लास्थित पटाखा कारखानामा विष्फोट भएको छ । उक्त भयानक विष्फोटमा उक्त क्षेत्र पूरै जलेको छ । जसका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ भने ५८ जना जलेका छन् । उनीहरुलाई अस्पताल पुर्याइएको छ ।

राज्य सरकारले आपतकालीन बैठक डाकेको छ । बैठकले सम्बन्धित अधिकारीहरुलाई घाइतेहरुको उपचारमा कुनै कसूर बाँकी नराख्न आदेश दिएको छ । स्थिति अझै नियन्त्रणमा आउन नसकेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖