• Tuesday 6th of October 2026

अबुधाबीमा बन्यो पहिलो हिन्दू मन्दिर


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली, माघ २८ गते । संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीमा पहिलो हिन्दू मन्दिर निर्माण भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबारदेखि संयुक्त अरब इमिरेट्स (युएई) को दुई दिने भ्रमण गर्ने र सो मन्दिर उदघाटन गर्ने कार्यक्रम रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

सन् २०१५ यता प्रधानमन्त्रीको यो सातौं युएई भ्रमण हो ।

अबुधाबीमा रहेको बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बिएपिएस) मन्दिरको प्रधानमन्त्रीले फागुन २ गते उद्घाटन गर्ने कार्यक्रम छ ।

सो मन्दिर फागुन १८ गतेदेखि सर्वसाधारणका लागि खुला हुनेछन्। मन्दिर परिसरमा आगन्तुक केन्द्र, प्रार्थना हल, प्रदर्शनी, सिकाइ क्षेत्र, खेलकुदलगायतका कक्ष रहेका छन्।

बालबालिका र युवाका लागि क्षेत्र, विषयगत बगैंचा, पानी सुविधाहरू, पुस्तक र उपहार पसल र अन्य सुविधा पनि यहाँ उपलब्ध छन् ।

मेलमिलापको ठाउँको रूपमा, यसले सबै धर्मका मानिसलाई हिन्दू संस्कृति र अध्यात्मको अनुभव गर्न र बुझ्नका लागि स्वागत गर्ने जानकारी बिएपिएसले दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖