• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

४१ ओभरमा अलआउट भयो नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियालाई १३३ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपाल ४१ ।१ ओभरमा १३२ रनमा आउट भयो । नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट लिएपछि नेपाल घरेलु मैदानमै १३२ रनमा अलआउट भएको हो । नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाए ।

गुल्सन झा २१, करण केसीले १६, कुशल मल्ल १५, पवन सर्राफ १२, अनिल शाह ८, आसिफ शेख ४, सोमपाल कामी २, कप्तान रोहित पौडेल १, कुशल भुर्तेल शून्य रनमा आउट भए ।

पहिलो ओभरको पहिलो बलमा विकेट गुमाएको नेपालले नामिबियाको बलिङसामु कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् ।

नामिबियाका लागि कप्तान जेरार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए । ८ ओभर १ बल बलिङ गरेको एरास्मसले २८ रन खर्चेर सर्वाधिक ५ विकेट लिन सफल भए । रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २–२ तथा निकोल लोफ्टि–इटनले १ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖