• Tuesday 6th of October 2026

पेट फुल्ने तथा डम्म हुने समस्याबाट यसरी पाउनुहोस् छुटकारा


  • धनकुटा खबर
  • .

सामान्यतया पेट फुल्ने समस्या अस्वस्थकर खानपान, अपच तथा ग्यास्ट्रिकका कारणले हुने गर्छ । त्यस्तै कुनै खालको बिमारीको कारण पानि पेट फुल्ने समस्या देखा पर्छ । पेट फुलेर डम्म हुने र अप्ठ्यारो अनुभव हुने हुँदा यस्तो समस्याले छटपटी हुने पनि हुन्छ ।

खासमा पेट फुल्नुको कारण एरिटेबल बाउल सिन्ड्रोम, अल्सर जस्ता समस्याहरुको कारणले पनि हुन सक्छ । कलेजोमा कुनै इन्फेक्सन तथा हेपटाइटिस लगाएतका रोगहरुको कारणले पनि यो पेट डम्म हुने र फुल्न गर्दछ। हामी तपाईलाई यस्ता खानेकुराहरुको बारेमा जानकारी गराउदै छौ । जसबाट तपाईले पेट फुल्ने तथा डम्म हुने समस्याबाट मुक्ति पाउनु हुनेछ ।

१. ज्वानो खानुहोस्

यसको प्राकृतिक डाइयुरेटिक गुणले पेटमा जमेको एक्स्ट्रा पानी र ग्याँसलाई तुरुन्तै निकाली दिन्छ ।

२. पानी धेरै पिउनुहोस्

दिन भरमा ८–१० गिलास पानी पिउनाले पाचन प्रणाली राम्रो हुन्छ । पेट फुल्ने समस्याबाट राहत मिल्छ ।

३. दही खानुहोस्

यसमा हुने प्रोबायोटिक्स गुड ब्याक्टेरियाले पेटमा फसेको ग्याँसलाई बाहिर निकालिदिन्छ ।

४. फाइबर धेरै हुने खाना खानुहोस्

गहुँको पिठो, दालहरु जस्ता फाइबर धेरै हुने खाना खानाले पेट सफा हुन्छ । ग्यास्ट्रिकको समस्या हुँदैन् ।

५. खाना राम्रोसँग चपाएर खानुहोस्

छिटोछिटो खाना खाने गर्नाले राम्रोसँग पच्दैन । ग्याँस बन्छ र पेट फुल्छ त्यसैले खाना राम्रोसँग चपाएर खानुहोस् ।

६. नरिवल पानी पिउनुहोस्

यो प्राकृतिक डाइयुरेटिक र लेक्सेटिभ हुन्छ । यसले पेट सफा राख्छ र सोडियम सन्तुलनमा राख्छ । काँचो नरिवलको पनि पोटासियम प्रशस्त मात्रामा पईन्छ । जसले शरिरमा सोडियमको मात्रालाई सन्तुलनमा राख्न कार्यमा सहयोग गर्दछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖