• Tuesday 6th of October 2026

‘धोकेवाज गायिका’ एलिना चौहान बिहेको तयारीमा


  • धनकुटा खबर
  • .

काठमाडौं । ‘धोकेवाज गायिका’ एलिना चौहान बिहेको तयारीमा जुटेकी छिन् । अचम्ममा नपर्नुहोला, एलिनाका भावि श्रीमान अरु कोही नभएर अष्ट्रेलियानिवासी विष्णु सापकोटा नै हुन् ।

दुई महिना अगाडि मात्रै एलिनाले विष्णुबाट ‘धोका खाएको’ समाचार सार्वजनिक भएको थियो । नेपाल प्रेसले उनीहरुको ‘ब्रेक अप’ को खबर ब्रेक गरेपछि एलिनाले फेसबुकमा लामो स्टाटस लेखेकी थिइन् । त्यसमा उनले ब्रेकअपको स्वीकारोक्ति गरे पनि आफ्नो इच्छाबीना र सही समयको पर्खाइबीना समाचार लेखिएको गुनासो गरेकी थिइन् ।

‘म मान्छु कि म सार्वजनिक व्यक्तित्वभित्र पर्छु, तर पनि मेरो व्यक्तिगत जीवन छ र त्यसलाई गोप्य राख्न चाहने वा कति सार्वजनिक गर्ने भन्ने अधिकार मसँग मात्र छ । थाहा छ– धेरैले मेरो धेरैभन्दा धेरै कुराहरू थाहा पाउन चाहनुहुन्छ। तर यो भन्दैमा सञ्चारकर्मीहरूले मेरो इच्छाबीना अथवा सही समयको पर्खाइबीना यसरी मेरो बारेमा समाचारको तातो विषय बनाएर मलाई मानसिक रुपमा पीडा दिनु भएन,’ उनले लेखेकी थिइन् ।

तर, यो जोडीको सम्वन्धमा फेरि अर्को ट्विस्ट आएको छ । उनीहरु अहिले फेरि प्रेममा छन् । कसरी त ?

निकटस्थ स्रोतका अनुसार समाचार बाहिरएको केही समयपछि विष्णु विक्षिप्त बनेर नेपाल आएका थिए । समाचारले आफ्नो प्रतिष्ठा बर्बाद बनाएको भन्दै आक्रोशित थिए उनी ।

पोखरा/स्याङ्जातिर एकजना साझा साथीको विवाहमा एलिना र विष्णुको भेट भयो । उक्त भेटमा विष्णुले एलिनालाई फेरि फकाउन सफल भएको स्रोतको दाबी छ । कपाल, दारी खौरेर आएका विष्णुले आफूबाट गल्ति भएको भन्दै क्षमायाचना गरेपछि एलिना पग्लिएकी हुन् । त्यसपछि उनीहरु फेरि अफेयरमा डुबेका छन् । चाँडै विवाह गर्ने सहमतिसमेत भइसकेको छ ।

एलिना र बिष्णुले आफूहरुको प्याचअपको समाचार भने गोप्य राख्न सफल भएका थिए । तर, अहिले एलिनाले नै आफूहरुले विवाह गर्न लागेको सञ्चारमाध्यमहरुलाई बताएकी छन् । उनले वैशाखमा विवाह गर्ने भन्दै एउटा बुटिकमा लत्ताकपडाको अर्डर समेत दिइसकेको बुझिएको छ ।

एलिना–विष्णुको प्रेम सम्वन्धको पटकथामा यो अन्तिम ट्विस्ट होस भन्ने अपेक्षा गरौं ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖