• Wednesday 7th of October 2026

अमेरिकाले सहायता रोके युक्रेनले युद्ध हार्न सक्छ : जेलेन्स्की


  • धनकुटा खबर
  • .

किभ : युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आइतबार अमेरिकी कंग्रेसले मस्कोको आक्रमणसँग लड्नका लागि सैन्य सहायतालाई अनुमति नदिए किभले रुसविरुद्धको युद्ध हार्ने बताएका छन्।

कंग्रेसमा रिपब्लिकनहरूले महिनौँदेखि किभका लागि अर्बौं डलरको सैन्य सहायतामा रोक लगाएका छन् । ‘कंग्रेसले युक्रेनलाई सहयोग नगरे युक्रेनले युद्ध हार्नेछ भनेर विशेषरूपमा कंग्रेसलाई बताउन आवश्यक छ’, किभ–सङ्गठित कोष सङ्कलन प्लेटफर्म युनाइटेड२४ को भिडियो बैठकमा जेलेन्स्कीले भने।

उनले युक्रेन सहायताबिना ‘बस्न’ (जीवित रहन) ‘कठिन’ हुने बए। युक्रेनले युद्ध हार्यो भने अन्य राज्यहरूमा पनि हमला हुने उनले बताए । युक्रेनमा रुसले आक्रमण गरेको दुई वर्षभन्दा बढी भइसकेको छ ।

दक्षिणी जापोरिज्जिया क्षेत्रको गुलियापोल सहरमा रुसी हमलामा तीन जनाको ज्यान गएको किभले आइतबार बताएको छ । उक्त क्षेत्रका प्रमुख इभान फेडोरोभले सामाजिक सञ्जालमा भनेका छन्, ‘रुसी प्रहारबाट ध्वस्त भएको आफ्नै घरको भग्नावशेषले किचेर दुई पुरुष र एक महिलाको मृत्यु भएको हो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖