• Wednesday 7th of October 2026

अंश नलिई निशानसँग सम्बन्ध विच्छेद गरिन् ऋचाले


  • धनकुटा खबर
  • .

काठमाडौं। गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद भएको छ।

चैत ७ गते काभ्रे जिल्ला अदालतमा उनीहरूले संयुक्त निवेदन दिएर सम्बन्ध विच्छेद गरेका हुन्।

काभ्रे जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले अंश नलिई सम्बन्ध विच्छेद भएको जानकारी दिइन्।

‘उहाँहरूले संयुक्त निवेदन दिएकै दिन सम्बन्ध विच्छेद भएको हो’, उनले भनिन्।

मोडल न्यौपाने काभ्रेको धुलिखेल-७ निवासी हुन्।

दुई वर्षको प्रेमपछि निशान र ऋचाले २०७७ सालमा कोर्ट म्यारिज गरेका थिए । निशान नेपाल आइडलमा फर्स्ट रनर अप भएपछि उनीहरूको बिहे भएको थियो ।

गत वर्ष पनि यो जोडीको सम्बन्धमा खटपटको चर्चा चलेको थियो । दुवैले एक–अर्कालाई सामाजिक सञ्जालबाट अनफलो गरेका थिए । तर, उनीहरूले आफ्नो सम्बन्धबारे केही बताएका थिएनन् ।

निशान अहिलेका चर्चित गायकमा पर्छन् । उनको एउटा गीतमा ऋचाले मोडलिङ गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖