• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ । नेपालले सातौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो ।

सोमपाल तीन बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई यूएईका बलर बासिल हमिदले मुहम्मद फारुकद्वारा क्याच गराएका हुन् ।

१५.३ ओभरमा उनी आउट हुँदा नेपालले ८९ रन बनाएको छ । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖