काठमाडौँ । चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालको दोस्रो विकेटका रुपमा ओपनर कुशल भुर्तेल आउट भएका हुन् ।
पेभेलियन फर्किनुअघि उनले पाँच बलमा एक रनमात्र बनाउन सके । उनलाई वेस्ट इन्डिजका बलर फाबियन एलनले बोल्ड गरे । ४.१ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले २७ रनमात्र बनाउन सकेको छ ।
कप्तान रोहित पौडेल २५ रन बनाउँदै क्रिजमा छन् ।
