• Monday 19th of October 2026

काठमाडौंका यी स्थानमा आइतबारदेखि विद्युत् अवरुद्ध हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आइतबारदेखि दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गर्न लागिएको हो ।

कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

यी क्षेत्रमा वैशाख २३ देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖