• Monday 19th of October 2026

काठमाडौँ आउँदै गरेको भ्यान काभ्रेमा दुर्घटना


  • धनकुटा खबर
  • .

रामेछापको मन्थलीबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। शनिबार दिउँसो २ बजे वीपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

सो भ्यानमा चालकसहित ७ जना सवरा थिए। घाइते भएका ६ जनालाई तुरुन्तै धुलिखेल अस्पताल पठाइएको र अहिले उपचार जारी रहेको प्रहरीले जानकारी गराएको छ।

चालक रामेछाप नगरपालिका–५ बस्ने अन्दाजी ४८ वर्षीय मिन बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उक्त भ्यानको छतमा राखेर ल्याइएको एउटा खसि मरेको पनि प्रहरीले बताएको छ। अहिले उक्त स्थानमा प्रहरीको टोली खटिएको र आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ।

दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–८ बस्ने २८ वर्षीय श्रवढा कुमार माझी, श्रीमति ३५ वर्षीय सर्मिला माझी, छोरी ३ वर्षीया सोडिमा माझी, भाई आशिष माझी, सोही ठेगाना भएकी १६ वर्षीया मनिषा माझी र १६ वर्षीया सचिता गिरी घाइते भएका छन्।

बनेपा नगरपालिका–७ गोदामचोक बस्ने गिरीको देब्रे हातमा सामान्य चोट लागेको छ। उनीहरू केहीको अवस्था मध्यम रहेको र केही सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖