• Monday 19th of October 2026

माटोको ढिस्कोमा महिला यसरी पुरिएपछि…


  • धनकुटा खबर
  • .

कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीय लक्ष्मी सिजापती रहेको प्रहरीले जनाएको छ।

घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्ने क्रममा माटोको ढिस्कोमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए।

सिजापतीको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖