• Monday 19th of October 2026

बिर्तामोडमा बस दुर्घटना, २७ जना घाइते


  • धनकुटा खबर
  • .

झापा । झापाको बिर्तामोडमा बस दुर्घटना भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।

गौरीगञ्जबाट बिर्तामोडतर्फ वाइसिएलको कार्यक्रममा कार्यकर्ता बोकेर आउँदै गरेको को१ ख ३००९ नम्बरको बस अन्दाजी पौने २ बजे बिर्तामोड- २ स्थित चारपानेमा बाटो दक्षिणपट्टि पल्टिएको हो ।

दुर्घटनामा परेका घाइतेलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖