• Monday 19th of October 2026

अखिल (समाजवादी)ले नियन्त्रणमा लियो गाउंपालिका अध्यक्ष गुरुङ चढेको गाडी


  • धनकुटा खबर
  • .

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी)ले सरकारी गाडी दुरुपयोग गरेको भन्दै नियन्त्रणमा लिएको छ । शनिबार माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ चढेको गाडी अखिल समाजवादीले नियन्त्रणमा लिएको हो ।

अखिल (समाजवादी)का केन्द्रीय सचिव प्रकाश सीको नेतृत्वको टोलिले कास्कीमा शनिबार विदाको दिन सरकारी गाडीको दुरुपयोग गरेको भन्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ लगायतको जनप्रतिनिधिहरु चढेको सवारी साधनलाई पोखराको हेम्जामा नियन्त्रणमा लिएको हो । गाउँपालिका अध्यग गुरुङले चढेको विएए ०५९२ नम्बरको गाडिलाई नियन्त्रणमा लिएर छोडेको नेकपा नेता काजी सीले बताए ।

नम्बर भएको स्कारपियो धम्पुसबाट घुमेर हेम्जातिर आउदै गरेको जानकारी स्थानीय बासिन्दाले गरेपछि आफुहरुले गाडी नियन्त्रणमा लिएको सङ्गठनका केन्द्रीय सदस्य पुरन सीले बताए । केही समय गाडी नियन्त्रणमा लिएर स्थानीयहरुकै रोहबरमा अबको दिनमा बिना पास सार्वजनिक विदाको दिनमा गाडी नचलाउने सहमतिपछि गाडी छिडिएको थियो ।

सार्वजनिक विदाको दिन सरकारी गाडी चलाउनु गैरकानुनी कार्यका साथै दुरुपयोग हो । अत्यावस्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयको पास बोकेर मात्र सरकारी गाडी चलाउन पाइने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖