• Wednesday 7th of October 2026

अहिलेसम्म कुनै यान जान नसकेको ठाउँमा जानका लागि चीनको रकेट चन्द्रमातर्फ उड्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । चीनको अन्तरिक्ष एजेन्सीले चन्द्रमामा रकेट पठाएको छ । कुनै देश चन्द्रमाको दुर्गम भागमा जाने र त्यहाँबाट नमूना लिएर पृथ्वीमा फर्कने प्रयास गर्ने यो पहिलो पटक हो ।

चीनको दक्षिणी हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष स्टेशनबाट चाङ्गे–६ मिसन उडेको छ । यो अन्तरिक्ष मिसन ५३ दिनमा पूरा हुनेछ ।

चीनको अन्तरिक्ष यानले चन्द्रमाको दक्षिणी ध्रुवको एटकेन बेसिनमा अवतरण गर्ने प्रयास गर्नेछ। चन्द्रमाको यो क्षेत्र सौर्यमण्डलको सबैभन्दा ठूलो क्रेटरहरू मध्ये एक हो।

राष्ट्रपति सी जिनपिङको कार्यकालमा पछिल्लो दशकमा चीनको अन्तरिक्ष कार्यक्रमले तीव्र गतिमा प्रगति गरेको छ। यो मिसन चीनको महत्वाकांक्षी अन्तरिक्ष अभियानको हिस्सा हो।

गत महिना मात्रै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चीनको अन्तरिक्ष कार्यक्रम जुन गति र आक्रामकताका साथ अगाडि बढिरहेको छ त्यसले अमेरिका अब चीनसँग अन्तरिक्षमा अगाडि बढ्ने नयाँ दौडमा रहेको चेतावनी दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖