• Monday 19th of October 2026

राम्रो आम्दानीको प्रलोभन देखाई भिजिट भिसामा कुवेत पुर्‍याएर महिला बिक्री


  • धनकुटा खबर
  • .

काठमाडौं । कुवेतमा राम्रो आम्दानीको प्रलोभन देखाएर महिला बेचबिखन गरेका एक व्यक्ति पक्राउ परेका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले कुवेतमा राम्रो आम्दानी हुने र वैदेशिक रोजगारीका लागि त्यहाँ पठाइदिने भन्दै बेचबिखन गरेको अनुसन्धानबाट खुलेको छ । बराकोटीले पीडित महिलालाई भिजिट भिसामा कुवेत पुर्याई कुवेती नागरिकको घरमा बेचबिखन गरी कमिसन समेत लिएको प्रहरीको भनाई छ ।

आफूलाई नेपाल फिर्ता पठाइदिन पीडितले पटक पटक आग्रह गरेपछि प्रतिवादीहरुले पाँच लाख रुपैयाँ मागेका थिए । नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी तीन लाख रुपैयाँ जम्मा गरेपछि मात्र फर्काइएको थियो ।

गत फागुन २१ गते स्वदेश फर्किएपछि पीडितले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दरखास्त दिइन् । सो क्रममा आरोपित बराकोटीलाई अस्ति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖