• Monday 19th of October 2026

४ जना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुरसहित देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, गोदावरी नगरपालिका-७ घट्टेकुलोको सडकमा सोही नगरपालिका-७ देउराली घर भएकी ७५ वर्षीया विष्णु माया तामाङ आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-८ चौराहास्थित सार्वजनिक शौचालय पछाडि सोही उपमहानगरपालिका-११ बुद्बनगर बस्ने २६ वर्षीय विपिन बिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।

बैतडी, पाटन नगरपालिका-६ पाटन बजारस्थित दिल बहादुर चन्दको पुरानो कच्ची घरमा बस्दै आएका दाङ भालुवाङ घर भएका २२ वर्षीय दीपेन्द्र घर्ती मगर सोही घरको बार्दलीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

बागलुङ, बागलुङ नगरपालिका-४ स्थित कालिगण्डकी नदीको किनारमा जैमीनी नगरपालिका-९ धुल्लु घर भई हाल बागलुङ नगरपालिका-४ छिपछिपे ओडारमा बस्ने ४० वर्षीया विष्णु बिक आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖