• Monday 19th of October 2026

आगलागीबाट खर जोगाउन खोज्दा आमाछोराकै मृत्यु


  • धनकुटा खबर
  • .

ओखलढुंगामा आगोले जलेर आमा छोराकै मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका १० बेतेनीमा घरबारीमा आगलागी हुँदा आमाछोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको छ।

बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖