• Monday 19th of October 2026

शौचालयमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् कल्पना


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको गोङ्गबुस्थित स्टार जोन होटलमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । उनी होटलको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

मृत्यु हुनेमा बाँसबारी बस्दै आएकी मोरङको लेटाङ नगरपालिका २ घर भएकी कल्पना भण्डारी रहेकी छिन् । उनी एक युवकसँग शनिबार उक्त होटलमा गएकी थिइन् ।

भण्डारीलाई साथमा लिएर होटलमा गएका चन्द्रागिरि नगरपालिका १५ घर भएका अनित कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्की र भण्डारी साथी रहेको खुलेको प्रहरीले जनाएको छ ।

युवती झुन्डिएको देखेपछि ती युवक र होटल संचालकले पासो काटेर त्रिवि शिक्षण अस्पताल लगेको प्रहरीले बताएको छ । भण्डारीलाई चिकित्सकहरूले मृत घोषणा गरेपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो ।

कल्पना विवाहित रहेको र उनका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडीमा रहेको प्रहरीले जनाएको छ । कल्पना बच्चासहित बाँसबारीमा बस्दै आएकी थिइन् । कार्की भने अविवाहित हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖