• Thursday 8th of October 2026

किन विवादमा तानियो बलिउड अभिनेत्री करीनाको पुस्तक ?


  • धनकुटा खबर
  • .

मुम्बइ – बलिउड अभिनेत्री करीना कपूरद्वारा लिखित पुस्तक प्रकाशित भएको तीन वर्षपछि विवादमा परेको छ ।

आफ्नो गर्भावस्थाको अनुभव साटिएको उनको पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’ पुस्तकका उल्लेखित ‘बाइबिल’ शब्दलाई लिएर अदालतले कारण माग गरेको हो ।

सन् २०२१ मा सार्वजनिक यो पुस्तकमा करीनाले तैमूर र जेह गर्भमा रहँदाको अनुभव समेटेकी थिइन् । जसलाइ लिएर वकिल क्रिस्टोफर एन्थोनीले करीना र बुक बिक्रेताविरुद्ध उजुरी दर्ता गराएका थिए ।

साे मुद्दामा मध्य प्रदेशको हाई कोर्टका न्यायाधिस गुरपाल सिंह अहलूवालियाको एकल इजलासले कानुनी कारण मागेको हो ।

मध्य प्रदेशको जबलपुरका सामाजिक अभियन्ता एन्थोनीले पुस्तकको नाममा प्रयोग गरिएको ‘बाइबिल’ शब्दले इसाई समुदायको भावनामा चोट पुर्‍याएको दाबी गरेका छन् ।

उनका अनुसार विश्वभर इसाई धर्मको पवित्र किताब ‘बाइबिल’लाई करीना कपूर खानको प्रेग्नेन्सीको तुलना गर्नु गलत हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖