• Thursday 8th of October 2026

को हुन् सलमान खानको तीन हजार करोड सम्पत्तिको उत्तराधिकारी ?


  • धनकुटा खबर
  • .

काठमाडौँ – बलिउड अभिनेता सलमान खान यो उद्योगमा धेरै कमाई गर्नेमध्ये एक पर्छन् । उनीसँग करोडौँ गाडीका साथमा कयौँ घर र अन्य सम्पत्ति छन् । भारतीय मिडियाहरूका अनुसार उनीसँग कुल ३ हजार करोडको सम्पत्ति छ ।

तर उनले अहिलेसम्म बिहे गरेका छैनन् । यो अवस्थामा हर कोहीको मनमा यो प्रश्न उठ्छ कि यो सम्पत्तिको उत्तराधिकारी को हो ? उनको मृत्युपछि यति धेरै सम्पत्ति के हुन्छ वा सलमान यो सम्पत्ति के गर्छन् ?

यसबारे नयाँ विषय बाहिर आएको छ । हालैको एक पडकाष्टमा उनका भाइ अरबाज र सोहेल खानले यसबारे मुख खोलेका हुन् । उनीहरूले सलमान एक्लै बस्दै आएको तथा उनको सम्पत्ति कसको हुन्छ भन्ने बारे खुलासा गरेका हुन् ।

उनीहरूका अनुसार सलमान भाइका साथै दुई बहिनी अलवीरा र अर्पिलाई पनि खुबै माया गर्छन् । यसलाई आधार मान्दा उनको सम्पत्ति यी दुई जना भाइ र दुई जना बहिनीमा बाँडिने सम्भावना छ ।

यदि यसो भए उनको ३ हजार करोडको सम्पत्ति चार भागमा बाँडिने छ । यद्यपि सलमानको सम्पत्तिको उत्तराधिकारीबारे कुनै पनि औपचारिक खबर भने बाहिर आएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖