• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

के कोलकताले उपाधि दोहोर्याउन सक्ला त ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को लिग चरणका आधा खेलहरू सकिँदासम्म कसैले पनि रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा पुग्न सक्छ भनेर सोचेका थिएनन् । यो सिजन बैंगलुरुको सुरुवात निकै खराब थियो । ८ खेलमध्ये ७ मा पराजित हुँदै टोली अङ्क तालिकामा पुछारमा थियो ।

प्लेअफमा स्थान बनाउन टोलीले बाँकी सबै खेलहरू जित्नै पर्ने दबाब थियो । तर, टोलीले कुनै बेला असम्भव देखिएको लक्ष्यलाई हासिल गर्दै प्लेअफमा स्थानमा बनाउन सफल भएको छ ।

शनिबार भएको खेलमा टोलीले साबिक विजेता चेन्नई सुपरकिंग्सलाई २७ रनले हराउँदै नेट रन रेटको आधारमा चौथो स्थानबाट विस्थापित गर्न सफल भयो । चेन्नई आईपीएलको प्लेअफमा पुग्न नसकेको यो मात्र तेस्रो अवसर हो हो । यसअघि टोली सन् २०२० र २०२२ मा प्लेअफमा पुग्न सकेको थिएन ।

बैंगलुरुबाहेक यसरी अन्तिम ६ खेल जित्ने टोलीमा कोलकाता नाइट राइडर्स मात्र रहेको छ । कोलकाताले सन् २०१४ मा लिग चरणका अन्तिम ७ खेल जितेको थियो । त्यसपछि लगातार कूल ९ खेल जित्दै टोलीले आईपीएलको उपाधि समेत चुमेको थियो ।

यद्यपि, बैंगलुरु यस्तो अवस्थाबाट गुज्रिएको पहिलो अवसर भने होइन । सन् २०१६ को सिजनमा पनि टोलीको अवस्था यस्तै थियो । सिजनको पहिलो हाफ सकिँदा टोली अङ्क तालिकाको पुछारतिर थियो ।

टोलीले पहिलो सात खेलमा मात्र दुई खेल जितेको थियो । तर, त्यसपछिका सात खेलमध्ये ६ वटामा जित हासिल गर्दै टोलीले शीर्ष दुईमा स्थान बनाउन सफल भएको थियो । टोली फाइनलमा पुगे पनि सनराइजर्स हैदराबादसँग निराश बन्न पुग्यो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖