• Thursday 8th of October 2026

बिहे गर्दै श्रद्धा कपूर!


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री श्रद्धा कपूरको विवाहको खबर बाहिरिएको छ।

भारतीय सञ्चारमाध्यम पत्रिकाको अनुसार उनले आफ्नो प्रेमी राहुल मोदीसँग विवाह गर्न लागेकी हुन्। राहुलले ‘तू झूठी मैं मक्कार’ को स्क्रिप्ट लेखेका थिए। उनी सहायक निर्देशक समेत हुन्।

श्रद्धा र राहुल प्राय एकसाथ देखिन्छन्। हालै श्रद्धाले सार्वजनिक गरेको तस्बिरमा आर नामको सिक्री लगाएकी थिइन्। उनीहरू हालै एक पहाडमा छुट्टि मनाउन गएका थिए। उनीहरूसँगै राहुलकी बहिनी सोनिका मोदी पनि सामेल थिइन्।

राहुलले आफ्नी बहिनी सोनिकाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेका थिए। उक्त पोस्टमा श्रद्धाले लाइक गरेकी छन्। यसपछि उनीहरूको विवाहको खबर बाहिरिएको हो। तर यस विषयमा श्रद्धा र राहुलले कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖