• Thursday 8th of October 2026

सिंगापुर एयरलाइन्सको विमान आँधीमा फस्दा एक यात्रुको मृत्यु, ३० जना घाइते


  • धनकुटा खबर
  • .

लन्डन । लन्डनबाट सिङ्गापुरका लागि उडेको एउटा विमान आँधीमा फस्दा एक जना यात्रुको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।

सिंगापुर एयरलाइन्सको यो विमान पनि हवाई आँधीमा फसेको बताइएको छ । सिङ्गापुर गइरहेको यो उडानलाई आकस्मिक रुपमा बैंककमा अवतरण गर्नु परेको थियो । सो बोइङ ७७७–३०० ईआर विमानमा कुल २११ यात्रु र १८ चालक दलका सदस्य सवार रहेको सिंगापुर एयरलाइन्सले बताएको छ ।

सिङ्गापुर एयरलाइन्सले मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ । हवाई आँधीलाई एयर टर्ब्यूलेन्स भनिन्छ । हवाई आँधीमा विमान फसेर यात्रीहरुलाई चोटपटक लागेको घटनाहरु धेरै सुन्नमा आउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖