• Tuesday 20th of October 2026

राती प्रेमिका भेट्न निस्किएका रिमाल १० दिनपछि मृत भेटिए


  • धनकुटा खबर
  • .

प्रेमिका भेट्न भन्दै रातारात घरबाट निस्किएका लमजुङका एक युवा १० दिनपछि मर्स्याङ्दी नदी किनारमा मृत भेटिएका छन्। गत बैशाख २८ गते राती १० बजेतिर घरबाट बडागाउँमा रहेकी प्रेमिका भेट्न भन्दै घरबाट हिडेका बेंसीशहर नगरपालिका ६, तल्लो मकैडाँडाका २० वर्षिय हरिराम रिमाल बेंसीशहर ६, बेलौती बिसौना नजिकै मर्स्याङ्दी नदी किनारमा सोमबार अपरान्ह साढे ४ बजेतिर मृत भेटिएका हुन्।

प्रहरीका अनुसार, बडागाउँ जाने बाटो बेलौती विसौनीको झोलुंगे पुल मुखसम्म साथी लिएर गएको र उनले भोलिपल्ट बिहानै फर्किने भनेर साथीलाई फिर्ता पठाएको बताइएको छ। त्यसपछि रिमाल कहींकतै सम्पर्कमा नआए पछि उनका परिवारले खोजि शुरु गर्नुका साथै प्रहरीमा समेत निबेदन दिएका प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेका अनुसार, रिमालको खोजीमा लागेको प्रहरी टोलीले मर्स्याङ्दी नदी किनारस्थित ढुंगाको सहायताबाट शव निकालेर परिवारजनलाई खबर गरेकोमा उनले लगाएको कपडाको आधारमा रिमालको सनाखत गरेका थिए ।

रिमालको आफन्तले घटना शंकास्पद देखिएकाले छानविनको माग गरेका छन् । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖