• Tuesday 20th of October 2026

दुर्गा प्रसाईंको भान्जा दाबी गर्ने चुँडाल बलात्कार आरोपमा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । बलात्कार आरोपमा प्रहरीले काठमाडौँको सुकेधाराबाट रविरत्न चुँडाललाई पक्राउ गरेको छ । पक्राउ परेका चुँडालले आफूलाई सामाजिक संजा युट्युबमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भाञ्जा दाबी गर्दै आएका थिए ।

झापा घर भएका चुँडाललाई ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरी वृत महाराजगञ्जमा उनीविरुद्ध बलात्कार कसुरमा जाहेरी दर्ता भएको छ ।

बुधबार पक्राउ परेका चुँडालले सुकेधारामा पसल संचालन गरेका छन् । उनी पसलबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖