थानकोट । घरका ढाेकामा राखिएको तामाका स-साना कलश तथा लाेटा चाेरी गर्ने एक जना युवा बलम्बु प्रहरीकाे फन्दामा परेका छन् ।
बिहीबार बिहान करिब ४ बजे प्रभाग बलम्बुबाट खटिएको प्रहरी गस्ती टाेलीले शंकास्पद अवस्थामा हिंडिरहेका चितवन भरतपुर उपमहानगर वडा नं. १६ घर भई चन्द्रागिरि-१२ बलम्बु बस्दै आएका २३ वर्षीय सुजन कुँवरलाई चेकजाँच गर्दा उनकाे साथमा तामाका कलश तथा केही परिमाणमा नगद फेला परेपछि उनलाई साे प्रहरी टाेलीले नियन्त्रण लिएकाे प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।
