• Tuesday 20th of October 2026

भारतमा मृत भेटिए नेपाली युवा


  • धनकुटा खबर
  • .

धनगढी: उत्तराखण्डस्थित चम्पावत जिल्लाको एक तालमा नेपाली नागरिकको शव फेला परेको छ। जिल्लाको पर्यटकीयस्थल श्यामलालको पोखरीमा नेपाली नागरिकको शव फेला परेको हो।

उनको दुई दिनअघि मृत्यु भएको स्थानीय प्रहरीको भनाई छ। त्यहीँ मजदुरी गर्दै आएका उनको पहिचान खुल्न नसकेको बताइएको छ।

अहिले घटनास्थलमा प्रहरी प्रशासनको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाइएको छ।

सुखिधाङ क्षेत्रको श्यामलतालमा कुमाउ मण्डल विकास निगम उत्तराखण्डबाट विकास निर्माणको काम भइरहेकोमा नेपालबाट गएका दर्जनौं नेपालीले मजदुरी गर्दै आएका छन्।

स्थानीयवासीका अनुसार मृतक पोखरीमा नुहाउन गएका थिए, त्यही क्रममा उनी गहिरो ठाउँमा गएर डुबेर बेपत्ता भएका थिए।

त्यसपछि आज उनको दुई दिनपछि शव फेला परेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖