बैतडी: बैतडीका एक युवक रोजगारीको सिलसिलामा भारत जाँदै गर्दा बाटोबाटै बेपत्ता भएका छन्।
जिल्लाको दोगडा केदार गाउँपालिका–३ का अन्दाजी ४० वर्षीय कैलाराम भूल रोजगारीको सिलसिलामा भारत जाँदै गर्दा बेङ्गलोर नपुगी बाटोबाटै बेपत्ता भएका हुन्।
करिब एक हप्ताअघि रोजगारीको लागि बेङ्गलोर जान्छु भनी गएका भूल बेङ्गलोर नपुगी बाटोमै बेपत्ता भएका दोगडाकेदार गाउँपालिका–३ का वडाध्यक्ष कालुराम सार्कीले बताए।
बेङ्गलोर जाँदै गर्दा भारतको हुब्ली रेल्वे स्टेशनबाट उनी बेपत्ता भई तीन दिनसम्म पनि सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ। परिवारले खोज तलासका लागि सबैमा आग्रह समेत गरेको छ। भूलको घरमा श्रीमती एक छोरा र छोरी छन्।
