• Tuesday 20th of October 2026

गाडीभित्र एक युवतीको मृत्यु


  • धनकुटा खबर
  • .

सिन्धुली– सिन्धुलीमा बिहिबार एक युवतिले गाडीभित्र ज्यान गुमाएकि छिन् । जिल्लाको सुनकोशी गाउँपालिका ६ स्थित कानढुंग्रीमा २० वर्षिय प्रेमता यादबको सुमो भित्र अचानक मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मृतक यादब र उहाँको बहिनी १७ वर्षिया प्रेंका यादब काठमाडौँमा कोठा भाडा लिई बस्ने गरेको प्रहरीले बताएको छ । बुधबार राती बिरामी भएपछि प्रेमताका बुबाले उहाँलाई उपचारकालागि धनुषातर्फ लग्नेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतकका बुवा धनुषाको धनुषा धाम नगरपालिका ९ का शिवसरण यादबले छोरीलाई उपचारको लागी काठमाडौँबाट धनुषास्थित घरतर्फ ल्याउनेक्रममा ना. १ ज ४१६४ नम्बरको सुमोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कानढुंग्री नजिक आइपुग्दा अचानक पेट दुख्यो भनी छट्पटाएपछि प्रेमतालाई उपचारको लागी खुर्कोट स्थित सुभजीवन अस्पतालमा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए । मुचुल्का र पोष्टमार्टम पश्चात बिहिबारनै मृत्तकको बुवाले लास बुझि धनुषा लगेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖