• Tuesday 20th of October 2026

विराटनगरमा आतंक मच्चाउँदै हिँड्ने ‘ग्याङ’ पक्राउ


  • धनकुटा खबर
  • .

विराटनगर । विराटनगर महानगरपालिसहित आसपासका क्षेत्रमा आतंक मच्चाउँदै हिँड्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–७ का २० वर्षीय नेनी शेर्पा, ११ का १८ वर्षीय सारुख मियाँ शेख, १९ वर्षीय फैजल खान, विराटनगर–१२ का १८ वर्षीय सुमित ठाकुर, १९ वर्षीय प्रियसिल नारायण चौधरी र २० वर्षीय साजन गुरुङ रहेका छन् ।

उक्त समूहले विराटनगरका विभिन्न होटल तथा रेस्टुरेन्टहरुमा खाएर बिल तिर्न नमानि माग्दा धम्क्याउदै आक्रमण गर्ने गरेको प्रहरीले जनाएको छ । सो समुहमा अन्य व्यक्तिहरु पनि संलग्न रहेकोले प्रहरीले खोजी कार्य तीब्र पारेको छ ।

प्रहरीका अनुसार उक्त समूहले विराटनगर–४ एयरपोर्ट लाइनमा रहेको सिंहासन रेस्टुरेन्ट परिसरमा गत जेठ ६ गते राति रेस्टुरेन्टका कर्मचारी राहुल सहनीमाथि आक्रमण गरेको थियो । हतियारसहित पुगेको समूहले त्यहाँ रहेका अन्यलाई पनि धम्क्याएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖