• Tuesday 20th of October 2026

बाल अस्पतालमा आगलागी : ६ नवजात शिशुको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जना नवजात शिशुको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको हो । अधिकारीहरूका अनुसार १२ नवजात शिशुलाई भने बचाइएको छ ।

त्यस्तै ६ जनाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । आगलागीको कारण अहिलेसम्म नखुलेको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖