• Tuesday 20th of October 2026

बझाङका यी ब्यक्ति मृत फेला


  • धनकुटा खबर
  • .

धनगढी : बझाङमा एक पुरुष मृत फेला परेका छन्। बित्थडचिर गाउँपालिका-४ का ४५ वर्षीय रामबहादुर बोहरा आज बिहान मृत फेला परेका हुन्।

शनिवार साँझ घर परिवार सँगै खाना खाएर आफ्नै घरको कोठामा सुतेको बोहरा आज बिहान मृत फेला परेका हुन् ।

अबेर सम्म नउठेपछि कोठामा गई उठाउन खोज्दा मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ब्यापक चन्द्र शाहले जानकारी दिए।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको सूचना अधिकारी शाहले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖