• Tuesday 20th of October 2026

बोर्डिङ स्कुलको बसमा आगो लगाउने सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ


  • धनकुटा खबर
  • .

भरतपुर– १५ दिनअघि चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाउने ब्यक्ति स्थानीय एक सामुदायिक विद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष भएको खुलासा भएको छ।

३० वैशाखको बिहान विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश ०६–००१ क ००४५ नम्बरको बसलाई भरतपुर–२० दद्रहनी पुलमा रोकी आगजनी गरेको आरोपमा भरतपुर–२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका अध्यक्ष विश्वनाथ थारु (महेश) लाई प्रहरीले पक्राउ गरेको छ।

थारु विगतमा नेत्रविक्रम चन्द (विप्लव) समूहमा थिए। तर, उनी अहिले त्यहाँबाट विद्रोह गरेर निस्किएका छन्। उनै थारुको नेतृत्वमा ३ वटा मोटरसाइकलमा पुगेको ६ जनाको समुहले पेट्रोल बम प्रहार गरेर बसमा आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीमा स्कुल बस पूर्णरुपमा जलेको थियो।

थारु ११ जेठमा विद्यालयबाटै पक्राउ परेका हुन। घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थारु अन्य अपराधिक कृयाकलापमा पनि संलग्न भएको खुलेको छ।
२८ माघ ०८० मा भरतपुर–२६ ज्योतिनगरस्थित सूर्योदय वोमी लघुवित्त संस्थाको कार्यालयमा पनि थारुको समुहले आगजनी गरेको थियो। उनीहरुले कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाम्क्याएको र पछि आगजनी गरी भागेको प्रहरीको दाबी छ।-शीर्ष खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖