• Tuesday 20th of October 2026

नारायणगढ-मुग्लिन सडक दुर्घटनामा थप एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी छन् । पुनको रातिनै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८: ४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराती नारायणगढ–मुग्लिन सडक खण्डको सत्रकिलोमा चार सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटनामा परेका थिए ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖