• Tuesday 20th of October 2026

काठमाडौँमा आगलागीमा परेर एक जना युवकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजधानी काठमाडौँमा भएको आगलागीमा परेर एक जना युवकको मृत्यु भएको छ ।

टोखा नगरपालिका-१० बानियाँटार हाईटस्थित ३५ वर्षीय खेम नारायण चालिसेको घरमा भाडामा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-२ घर भएका २१ वर्षीय किरण बुढाथोकीको आगलागीमा जलेर मृत्यु भएको हो ।

किरणको कोठामा गएराति आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको धनमा क्षति भएको छ । आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖