• Tuesday 20th of October 2026

महिलामाथि जबरजस्ती करणी, युवक पक्राउ


  • धनकुटा खबर
  • .

पाल्पा । रम्भा गाउँपालिका-५ स्थित होटलमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २७ वर्षीय मुकेश महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मुकेशले ती महिलालाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ताँहु र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖