• Tuesday 20th of October 2026

११ वर्षीया बालिकालाई बिहे गरेको आरोपमा युवक पक्राउ


  • धनकुटा खबर
  • .

बुटवल । अर्घाखाँचीमा ११ वर्षीया बालिकालाई बिहे गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

गत वैशाख ३१ गते नाबालिकासँग बिहे गरेको आरोपमा अर्घाखाँचीकाे पाणिनी गाउँपालिका-४, पटौटीका अम्मरबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ३० वर्षीय रानाले ११ वर्ष ७ महिना पाँच दिनकी नाबालिकासँग बिहे गरेको सूचनाको आधारमा पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) प्रतित सिंह राठोरले रानालाई पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गरेको बताए । उनले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖