• Tuesday 20th of October 2026

यसरी गैँडाकोटमा भासियो सडक, आठ यात्रु घाइते


  • धनकुटा खबर
  • .

बुटवल । पूर्वी नवलपरासीको गैँडाकोट थुम्सीमा सडक भासिदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध बनेको छ ।

वर्षाका कारणका गएराति गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खोल्ने काम जारी रहको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ गुडेको गरेको लु १ ख ८५१३ नम्बरको यात्रुवाहक बसमा एक्कासि ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖