धनगढीः धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक विद्यार्थीको कलिलै उमेरमा निधन भएको छ।
बिएड चौथो वर्षमा अध्ययनरत माया चौधरीको (सोमबार) निधन भएको हो। उपचारका क्रममा काठमाडौंमा निधन भएको परिवारिक स्रोतले जनाएको छ।
उनी केही समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिइन्। उनको निधनप्रति स्ववियु र क्याम्पस परिवारले शोक व्यक्त गदै १६ गते क्याम्पस बन्द रहने तथा पूर्व निर्धारित परीक्षा भने सञ्चालन हुने भन्दै आज एक सूचनामार्फत जनाएको छ।
