• Tuesday 20th of October 2026

सिरोहियाको सीसीयूमा राखेर उपचार हुंदै


  • धनकुटा खबर
  • .

काठमाडौं । थप उपचारका लागि जनकपुरधाम बाट काठमाडौँ ल्याइएका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई सीसीयूमा भर्ना गरिएको छ ।

ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा उनको उपचार सुरु गरिएको हो ।

नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेका सिरोहिया धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेको ४ दिनपछि बिरामी भएका थिए ।

जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत हिजो दिउँसो काठमाडौँ ल्याइएको हो ।

सिरोहियाविरुद्ध सोमबार तेस्रोपटक तीन दिनको म्याद थप गरिएको थियो । तेस्रो पटक थपिएको म्याद पनि आज सकिदै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖