• Tuesday 20th of October 2026

भ्रष्टाचारी ठहरीएपछि आत्महत्या गरेका इन्जिनियरको श्रीमतीलाई भावुक पत्रः अर्को जुनी पनि तिम्रै हुन पाऊँ


  • धनकुटा खबर
  • .

काठमाडौं– बहुचर्चित सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि इन्जिनियर ५७ वर्षीय नवीनकुमार पोखरेलले श्रीमतीलाई भावुक पत्र लेखेर आत्महत्या गरेका छन्। उनले गत विहिवार भक्तपुरको लोकन्थलीमा रहेको आफनै घरमा झुण्डिएर आत्महत्या गरेका हुन।

पोखरेलकी श्रीमतीका अनुसार बिहानको खाना खान बोलाउन जाँदा उनी भ-याङको रेलिङमा डोरीको पासो लगाएर झुण्डिरहेका थिए। तत्कालै डोरी काटेर अस्पताल पुर्याईए पनि चिकित्सले करिव ११ बजे उनलाई मृत घोषणा गरेका थिए।

पोखरेलले आत्महत्या गर्नुपूर्व श्रीमतीलाई सम्बोधन गरेर सुसाईड नोट लेखेको फेला परेको छ। सुसाइड नोटमा जुनीभरि साथ दिन नसकेकोमा उनले श्रीमतीसँग माफी मागेका छन्। ‘यो जुनिभरि नै सँगै बाँच्ने रहर थियो तर पूरा हुन सकेन। अर्को जुनी पाइएछ भने पनि तिम्रै श्रीमान् हुन पाऊँ,’ उनले लेखेका छन्।

उनले सकेसम्म आफ्नो किरिया नगर्न, गर्नै परे ५ दिनमा सक्न र जतिसक्दो चाँदो देश छोडेर विदेश गई उतै वस्न परिवारका सदस्यलाई भनेका छन्। उनले लेखेका छन्– ‘नेपालमा बस्न ठिक छैन, तिमीहरू पनि मिलेसम्म जति सक्दो छिटो विदेश गएर बस्नू। नेपालमा नबस्नू।’ पोखरेलले आफ्नो मृत्युमा कसैलाई दोष नलगाउन पनि प्रहरीलाई अनुरोध गरेका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले गत मंगलबार सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल र पोखरेलसहित ४ जना दोषी ठहर गर्दै सजाय सुनाएको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ६ महिना कैद, ५ करोड ८४ लाख ५५ हजार १५९ रुपैयाँ ७ पैसा जरिवाना र बिगो बराबरको रकम असुल उपर हुने ठहर गरेको थियो।

पोखरले विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ वैशाख ०८० मा गुणस्तरहीन ट्रान्सफर्मरलाई सम्झौताअनुसारकै भनी गलत विवरण उल्लेख गरी प्रतिवेदन दिएको अभियोग लगाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। वन तथा वातावरण मन्त्रालयमा इन्जिनियर रहेका उनी मुद्दा परेसँगै निलम्बनमा परेका थिए। उनी विरुद्ध गएको ३१ वैशाखमा सेक्युरिटी प्रिन्टिङकै भ्रष्टाचारमा अर्को पनि मुद्दा दायर भएको थियो। जुन अझै विचाराधीन छ। यो मुद्दामा ४० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको अभियोग छ।

तत्कालीन अवस्थामा उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधिका रूपमा काम गरेका थिए।-शीर्ष खबरबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖