• Tuesday 20th of October 2026

यस्तो देखियो मापसे गर्दा सडकमा स्वयंसेवक


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट पछिल्लो समय मापसे ( मादक पदार्थ सेवन) लगायत ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको छ । गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री रवि लामिछानेले सो घोषणा गरेका थिए ।

तर उनीहरूको काम सडक छेउमा घाममा उभिनु बाहेक केही छैन । विभिन्न चोकमा यसरी खटाइएको भए पनि उनीहरूले न त ट्राफिक प्रहरीलाई सघाएका देखिन्थे न उनीहरूले गर्दा सवारी आवागमनमा कुनै सहजता नै भइरहेको थियो ।

‘बग्गीखानामा क्लास लिएपछि हामीलाई सडक छेउमा लगियो । एक घण्टा भन्दा बढी घाममा उभिइयो, गाडी आएको-गएको हेर्नेबाहेक केही पनि काम भएन । अफिस जान पनि ढिला भयो,’ स्वयंसेवकका रुपमा खटाइएका एक चालकले भने ।

सडकमा उतारिएका एकाध स्वयंसेवक बाहेक अन्यले भने उभिनेबाहेक केही काम गर्न सकेका थिएनन् । केही भने ट्राफिकसँगै गफ गर्दै बसेका देखिन्छन् ।-सुवास श्रेष्ठ/रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖